काठमाण्डु – माधबकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का सल्लाहकार नन्दी केशर ढकाल एमालेमै फर्किएका छन् । मंगलबार रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल एमालेमै फर्किएका हुन् ।
एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफल पछि ढकाल एमालेमा फर्किएका जनाइएको छ । ढकाललाई नेकपा (एस) ले सल्लाहकार बनाएको थियो ।




प्रतिक्रिया