काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरासँग भेट गर्न १५ जना न्यायाधीश पुगेका छन् । केहीबेरअघि भएको भेटवार्तामा जबराले राजीनामा नदिने बताएपछि बाहिरिएका १५ जना न्यायाधीशहरु पुनः छलफलका लागि पुगेका हुन् ।
यसअघि प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई आफू राजीनामा दिनै परे सबैले दिउँ भनेर जवाफ दिएका थिए । ‘यहाँ म मात्रै विवादित होइन् अरु न्यायाधीश पनि विवादित हुनुहुन्छ,’ केहीबेर अघिको भेटपछि प्रधानन्यायाधीश राणाको भनाइ उदृत गर्दै एक न्यायाधीशले इकागजसँग भने, ‘यदी उहाँहरूले पनि दिए म राजीनामा दिन्छु नत्र एक्लै राजीनामा दिन्न ।’
प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादले सुनुवाई नै प्रभावित भइरहेको छ । प्रधानन्यायाधीश जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । तर, न्यायाधीशहरु सहभागी नभएपछि सुनुवाई नै प्रभावित भएको हो । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास बहिष्कारको अभियानमा छन् ।
प्रधानन्यायाधीशले आठ वटा इजलासमा गरी २१६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए। तर, सुनुवाइ हुन सकेन ।




प्रतिक्रिया