प्रधानन्यायाधीशले तोके आफुसहितको ११ इजलास, सुनुवाइ अनिश्चित

प्रधानन्यायाधीशले तोके आफुसहितको ११ इजलास, सुनुवाइ अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि मुद्दा सुनुवाइका लागि ११ पेसी सार्वजनिक गरेका छन् ।

कार्यपालिकामा भाग खोजेपछि चौतर्फी राजीनामा दिनुपर्ने दबावमा रहेका जबराले बुधबारका लागि दुइटा एकल, ८ वटा संयुक्त र एउटा संवैधानिक इजलास तोकेका हुन् । एकल इजलासमा राणा आफू र टंक मोक्तान रहेका छन्  भने संयुक्त इजलासमा न्यायाधीश प्रकाशकुमार ढुंगाना र डा.मनोजकुमार शर्मासहित अरु सबै छुट्टाछुट्टै न्यायाधीश रहेका छन् ।

त्यस्तै संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ तोकिएका छन् । तर, आज पनि न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले इजलास बस्ने सम्भावना निकै कम रहेको छ । प्रधानन्यायाधीशको विवादले सोमबारदेखि इजलास बस्न सकेको छैन ।

सर्वोच्चका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै इजलास बहिस्कार गरेपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ प्रभावित भएका छन् । न्यायाधीशहरुले राजीनामा मागिरहेकै बेला बुधबार उनले इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको र कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने बताइसकेका छन् ।