कोप–२६ मा भाग लिन प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्याण्ड जाँदै

कोप–२६ मा भाग लिन प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्याण्ड जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार स्कटल्याण्ड जाने भएका छन् । राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा भाग लिन प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल कतार एयरवेजको उडानबाट शुक्रबार स्कटल्यान्ड प्रस्थान गर्ने भएको हो ।

सम्मेलनको अवसरमा देउवाले कात्तिक १४ र १५ गते वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर ३१ देखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा कोप–२६ सम्मेलन चल्नेछ ।

देउवाले नेपालका तर्फबाट जलवायुका मुद्दाहरुलाई सम्मेलनमा प्रस्तुत गर्नेछन् । साथै, भ्रमणका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा उच्चाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

एक साता लामो भ्रमण सकेर देउवासहितको नेपाली प्रतिनिधिमण्डल कात्तिक १८ गतेस्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।