काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ । यस्तै सोही अवधिमा थप ६सय ६४ जना निको भएका छन् ।
कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् । जसमध्ये ९ हजार ४१४ जना होम आइसोलेसनमा रहेका छन् भने ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया