काठमाण्डु – सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शक्रबार मध्यरातदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको यो अधिवेशन बेकामे बनेको थियो ।
एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभा कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो। एमालेको अवरोधबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलावा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन ।




प्रतिक्रिया