सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने

सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने भएको छ ।

कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले उक्त रिट आज दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेशी तोकेको थियो ।

कार्कीले आफ्ना कानुन व्यवसायीमार्फत बिहीबार नै रिट पेस गरेका थिए । तर, अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन सकेको थिएन । सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्दै सोमबारका लागि पेशी तोकेको थियो ।

यसैबीच, छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने अवसरमा सरकारले बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका छन् ।

यस बिदाका कारण आईजी कार्कीको मुद्दाको पेशी अब अर्को दिनलाई सर्ने निश्चित भएकोछ। कार्कीलाई सरकारले हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार बनाएको थियो। तर कार्कीले अहिलेसम्म उक्त पदको नियुक्ति पत्र बुझेका छैनन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।