माडीका सुकुम्बासीको समस्या छिट्टै समाधान हुन्छ : प्रचण्ड

माडीका सुकुम्बासीको समस्या छिट्टै समाधान हुन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए । माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ ।

“ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु,” उनले भने । फरक प्रसङ्गमा प्रचण्डले सुकुम्वासी हुने बताए । उनले सुकुम्वासीसमस्या छिट्टै समाधान को समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताए । माडीको बाँदरझुला सुकुम्वासी बस्ती हो ।

‘मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस्,’ प्रचण्डले भने । उनले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताए । दाहालले रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुम्वासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताए ।