एमालेले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने

एमालेले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगो लगाएको छ । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगो लगाएको हो । जसमा १ हजार ५३६ जना प्रतिनिधि भूगोलबाट आउने छन् ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने बताए । त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने उनले बताए ।