कञ्चनपुर – नागरिक उड्ययनमन्त्री प्रेम आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘पाकेटमार’को संज्ञा दिएका छन् । आज कञ्चनपुर जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले ओलीप्रति आक्रामक हुँदै पकेटमारको संज्ञा दिएका हुन् ।
‘माधव कमरेडले जीवनभर पसिना बगाएर बनाएको घरमा एउटा पाकेटमार ओली छिर्याे । पाकेटमारले ट्याक्क कैँचीले काटेर घर मालिकको लालपुर्जा लिएर टाप कस्यो,’ उनले व्यंग्य गर्दै ओलीप्रति कटाक्ष गरे ।
माधव कुमार नेपालले पार्टी संगठन निर्माणमा जीवन भर पसिना बगाएको र अहिले आएर ओलीले सबै भताभूंग पारेको उनले टिप्पणी गरे । मन्त्री आलेले ओलीको पत्तासाफ भएको जिकिर पनि गरे । हिजोका दिनमा ओलीका एसम्यानहरु जताततै रहेको बताउँदै उनले अहिले आएर ओली एक्कलै भएको उनको भनाइ थियो ।




प्रतिक्रिया