काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका पनि अनुमोदन गर्ने जनाइएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने बताइएको छ ।




प्रतिक्रिया