चोलेन्द्र प्रकरणले सर्वोच्चमा तनावः दुई वकिलबीच कुटाकुट

चोलेन्द्र प्रकरणले सर्वोच्चमा तनावः दुई वकिलबीच कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शेमशेर जबरा प्रकरणले सर्वोच्च अदालतमा उग्र रुप लिएको छ। प्रधानन्यायाधीश जबरा प्रकरणले सुनुवाई नै बहिस्कार गर्दै आएका न्यायाधीशका कारण अदालत परिसरमा तनाव सिर्जना भएको छ ।

शुक्रबार प्रधानन्यायाधीश शमशेर जबराको पक्ष र विपक्षमा वकिलहरूबीच अदालत परिसारमा कुटाकुट भएको छ । पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको छ ।

प्रधानन्यायाधीशबारे विवाद बढ्दै गएपछि काठमाण्डु बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन् ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । भित्र बार एशोसिएसनको बैठक चलिरहँदा बाहिर न्यौपाने र चुडालबीच हानाहानको स्थिति सिर्जना भएको हो ।

अब कानुनी उपचारमा जाने अधिवक्ता भूमिनन्दको भनाइ छ । ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले, अब म कानुनी प्रक्रियामा जान्छु,’ उनले भने ।

प्रधानन्यायाधीश शमशेर जबरा विवादमा तानिएपछि अदालतमा चार दिनयता गजबको दृष्य देखिन थालेको छ । प्रधानन्यायाधीशले जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनसायमा खोट भएको लगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले फुलकोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरेका छन् ।

यो बहिष्कारसँगै उनीहरूले अघोषित रूपमा इजालस बहिष्कार थाले । नेपाल बारलगायतका निकाय प्रधानन्यायाधीशविरुद्ध ‘नरम आन्दोलन’मै हुँदा बैठक र इजलास छाडेका न्यायाधीश चार दिनयता भने ‘कुहिराको काग’ भएका छन् ।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै १४ जनाबाट सुरु भएको न्यायाधीशको आन्दोलनमा ऐक्यबद्धता जनाउनेको संख्या १९ पुगिसकेको छ ।