काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरमा सुरु भएको छ ।
ललितपुरको तुलसीलाल प्रतिष्ठान च्यासलमा सुरुभएको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने जनाइएको छ ।
आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने पनि हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।




प्रतिक्रिया