इजलास बहिस्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर

इजलास बहिस्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट दायर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत १९ मध्ये १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

शुक्रबार अधिवक्ताहरु कृष्ण प्रसाईं, तोयानाथ ढुंगाना, कीर्तिनाथ शर्मा पौडेललगायतले वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराईसहित इजलास बहिष्कार गरेर मुद्दा नहेर्ने १५ जना न्यायाधीशहरुविरुद्ध रिट दायर गरेका छन् । उनीहरुले १५ जना न्यायाधीशविरुद्ध परमादेशसहित आदेश पुर्जीसमेत जारी गर्न माग गरेका छन् ।