द्रूतमार्गका नाममा स्थानीयमाथि डोजर आतंक अन्त्य गरियोस् : पम्फा भुसाल

द्रूतमार्गका नाममा स्थानीयमाथि डोजर आतंक अन्त्य गरियोस् : पम्फा भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं- निजगढ द्रूतमार्ग निर्माणको क्रममा पीडित ललितपुर खोकना र बुङमतीका स्थानीयलाई उचित मुआब्जा तत्काल उपलब्ध गराउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले सरकारको ध्यानाकर्षण गराएकी छन्।

ललितपुर क्षेत्र नम्बर ३ कि सांसद भुसालले द्रूतमार्ग निर्माण गर्ने क्रममा स्थानीय सम्पदा र गुठीको जग्गा नमास्न नेपाली सेना र पीडित स्थानीयबीच गरिएको सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरिन्।

आईतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले द्रूतमार्ग निर्माणको नाममा स्थानीयमाथि डोजर आतंक फैल्याउन काम सरकारले गर्दै आएकोमा आपत्ति समेत जनाइन्। सांसद भुसालले द्रूतमार्ग निर्माण क्षेत्रमा पुनर्वासको व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा समेत  जोड दिइन्।

सांसद भुसालले सरकारले ललितपुरको लागि बजेट समेत कम छुटयाएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेकी छन्। मन्त्रीहरुले आ–आफ्नो जिल्लामा मात्रै बजेटको पर्याप्त व्यवस्था गरेको सांसद भुसालको आरोप छ।