काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई खेलाइएको छ। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो भने चितवनले हिजो काठमाडौंलाई हराउँदै फाइनल प्रवेशको सम्भावना कायम राखेको थियो।



प्रतिक्रिया