आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि । मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ । सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।