हिमाल चढ्न गएका तीन फ्रान्सेली पर्यटक बेपत्ता, खोजी जारी

हिमाल चढ्न गएका तीन फ्रान्सेली पर्यटक बेपत्ता, खोजी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमाल आरोहणमा गएका ३ जना फ्रान्सेली पर्यटक  वेपत्ता भएका छन् ।  होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसनमार्फत माउन्ट खाङतेका हिमाल चढ्न  गएका  फ्रान्सेली पर्यटक सोलुखुम्बुको खुम्बु क्षेत्रबाट बेपत्ता भएका हुन् ।

गत असोज १८ गते काठमाण्डुबाट लुक्ला पुगेका ८ फ्रान्सेलीमध्ये थोमस, गाब्रियल र लुइस सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  उनीहरु ६ दिनदेखि वेपत्ता भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताएका छन् ।

प्रहरीका अनुसार उनीहरुको खोजीका लागि हेलिकप्टर परिचालन गरिएका छ ।  एकै समूहमा रहेका अन्य पाँचजना पर्यटक भने सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।