माल्दिभ्सले उपलब्ध गराएको दुई लाख मात्रा खोप नेपाल आइपुग्यो

माल्दिभ्सले उपलब्ध गराएको दुई लाख मात्रा खोप नेपाल आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माल्दिभ्सले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६ सय मात्रा खोप गए राति काठमाण्डु आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ ।

उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।