निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : जसपा नेता राई

निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : जसपा नेता राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताएका छन् । जनता समाजवादी पार्टी तनहुँले आज दमौलीमा आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले क्रियाशीलता र गतिशिलताले पार्टीलाई उपलब्धीमूलक बनाउने बताए ।

राईले क्रियाशील नहुने, कार्यक्रम नगर्ने, योजना नबनाउने र गुनासो मात्रै गरेर बसे पार्टी नबन्ने बताए । मङ्सिर मसान्तसम्म सुज अभियान भनिए पनि त्यसपछि पनि उक्त अभियानलाई निरन्तर जारी राख्नुपर्नेमा राईले जोड दिए । केन्द्र र प्रदेश सरकारमा जसपाको प्रतिनिधित्व रहेकाले उक्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा राईले आग्रह गरे ।

कार्यक्रममा जसपाका नेता एवं पूर्वमन्त्री हिसिला यमी, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका जलस्रोतमन्त्री हरिशरण आचार्य, पूर्वमन्त्री शिवलाल थापा लगायतले सुज अभियानमार्फत पार्टीको सङ्गठनलाई मजबुत बनाइने बताए ।