काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारका लागि उपत्यकाबाट बाहिरिनेहरुलाई कोरोना विरुद्धको खोप लगाएरमात्र गन्तब्यमा प्रस्थान गर्न आग्रह गरेको हो ।
सरकारले चाडबाडमा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डुका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाएको छ । मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।




प्रतिक्रिया