सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीहरुको विरोध प्रदर्शन जारी

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीहरुको विरोध प्रदर्शन जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदातलका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आज पनि विरोध कार्यक्रमलाई जारी राखेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश राणालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । पूर्वघोषित कार्यक्रम अनुसार प्रधानन्यायाधीश राणालाई राजीनामा पाँचदिने अल्टिमेटम दिएका थिए ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसन लगायतले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि आन्दोलित छ ।