प्रदेश २ सरकार : मन्त्री र मुख्यमन्त्री फेर्ने तयारीमा जसपा

प्रदेश २ सरकार : मन्त्री र मुख्यमन्त्री फेर्ने तयारीमा जसपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ सरकारका मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरेको छ । प्रदेश २ सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सामेल हुने भएपछि जसपाले मन्त्री हेरफेर गर्न लागेको हो । एकीकृत समाजवादीबाट प्रदेश २ सरकारमा एकजना मन्त्री र एकजना राज्यमन्त्री जाने सहमति भएको छ ।

 केन्द्रीय सहमतिअनुसार जसपाका उपाध्यक्ष लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश २ सरकार हेरफेरका लागि जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कृषि तथा पशुपन्छीमन्त्री महेन्द्र राय यादव, कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवसहितका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

उनीहरु सोमबार जनकपुरधाममा पार्टी प्रदेश २ कमिटीको बैठकमा सहभागि भएका थिए । बैठकमा उनीहरुले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु परिवर्तन गर्ने विषयमा छलफल गरेको जसपा स्रोतले बतायो । स्रोतका अनुसार मुख्यमन्त्री राउतलाई हटाउन जसपाभित्र विभिन्न तीन विकल्पमा छलफल चलिरहेको छ ।

पहिलो, मुख्यमन्त्री राउतसहित जसपाका सबै मन्त्रीलाई फिर्ता बोलाउने र नयाँलाई अवसर दिने, दोस्रो् मुख्यमन्त्री राउतलाई कायम राख्दै जसपाका सबै मन्त्रीलाई फिर्ता बोलाउने र नयाँलाई अवसर दिने, तेस्रो विकल्पको रुपमा जसपाका दुई मन्त्री र एक राज्यमन्नीलाई फिर्ता बोलाउनेबारे छलफल भइरहेको स्रातेले बतायोे ।

यसरी विभिन्न तीन विकल्पमा छलफल गर्दै केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश सरकार विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । मुख्यमन्त्री नै फेरिँदा अर्को मुख्यमन्त्रीका लागि पार्टीभित्र ठूलो लफडा हुने भएकाले मुख्यमन्त्री बाहेकलाई फिर्ता बालाउनुपर्ने नेता भट्टराईको जोड रहेको छ । तर, अध्यक्ष यादव मुख्यमन्त्री राउत सहितका जसपा सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा रहेका छन् ।