काठमाण्डुमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

काठमाण्डुमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो ।

जारी सूचनामा कोभिड–१९ को जोखिम कायमै रहेकाले संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ । पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।