काठमाण्डु – चीनले नेपाललाई थप १६ लाख डोज खोप प्रदान गरेको छ । बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई १६ लाख साइनोफार्म खोप हस्तान्तरण गरेकी हुन् ।
चीनले हालसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । खोप हस्तान्तरण गर्दै राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोग पुग्ने बताइन् । स्वास्थ सचिव रोशन पोखरेल चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकाले धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशाबादी रहेको बताए ।
नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको पोखरेलले जानकारी गराए ।




प्रतिक्रिया