वीर अस्पतालमा ‘क्यान्सर स्क्रिनिङ सेवा’ सुरु

वीर अस्पतालमा ‘क्यान्सर स्क्रिनिङ सेवा’ सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीर अस्पतालमा ‘क्यान्सर स्क्रिनिङ सेवा’ सुरु भएको छ । अस्पतालले छुट्टै बहिरंग सेवा स्थापना गरी ‘क्यान्सर स्क्रिनिङ सेवा’ दिन थालेको हो ।

नेपालमा देखिएका प्रमुख क्यान्सरलाई मध्यनजर गर्दै स्क्रिनिङ सेवा सुरु गरिएको अस्पतालका प्रमुख डा. भुपेन्द्र कुमार बस्नेतले बताए ।स्क्रिनिङ सेवाले १० वर्षपछि हुनसक्ने क्यान्सर, वंशाणुगत कारणले हुने क्यान्सर, पत्ता लगाउन सकिने भएकाले क्यान्सरको रोकथाममा सहजता हुने बताइएको छ ।

पाठेघरको मुख, स्तन, लामो आन्द्रा र मलद्वार अंगका क्यान्सर परीक्षण गरिने क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले जानकारी दिइन् । यी फरक खालका क्यान्सरको पहिचानका लागि आइतरबारदेखि शुक्रबारसम्म १० देखि ३ बजे स्क्रिनिङ क्लिनिकमार्फत सेवा दिइनेछ ।