हवाई भाडा बढ्यो, कति पुग्यो ? (सूचीसहित)

हवाई भाडा बढ्यो, कति पुग्यो ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आन्तरिक उडानतर्फ हवाई भाडा बृद्धि भएको छ । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै हवाई भाडामा वृद्धि भएको जानकारी दिएको हो । संघले हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको जनाएको छ ।

नयाँ भाडादरका अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको सूचनामा उल्लेख गरिएको छ ।संघले काठमाण्डु–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ । सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो ।