काठमाण्डु – २०१६ मा विरगञ्जबाट सेवा सुरु गरेको क्विक फिक्स कम्पनीले हाल काठमाण्डु उपत्यकाभित्र सेवा विस्तार गरेको छ । बदलिँदो समयसँगै क्विक फिक्सले आधुनिक प्रविधिबाट काठमाण्डु उपत्यकामा प्राविधिक सेवा सुरु गरेको हो ।
यस कम्पनीले घर तथा अफिसलाई प्राविधिक समस्या परेको बेला एक फोनमै गुणस्तरीय सेवा दिँदै आइरहेको क्वीक फिक्स कम्पनीका संस्थापक तथा सिइओ ओम यादवले जानकारी दिए । यस कम्पनीले इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कार्पेन्टर, इलेक्ट्रीनिक टेक्निसियन, आइ.टि. टेक्निसियन, फेब्रिकेसन लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । क्वीक फिक्सको मुख्य उद्देश्य भनेको गुणस्तरिय सेवा प्रदान गर्ने र शुल्कमा एकरूपता प्रदान गर्ने रहेको उनको भनाइ छ ।
‘सरल र सुलभ तरिकाले सेवा उपलब्ध गराउने, सेवा शुल्कमा एकरूपता ल्याउने, दक्ष प्रविधिकको नेटवर्क बनाउने, जसकारण ग्राहकहरू ठगिनु नपरोस्,’ उनले भने, ‘कतिपय प्राविधिक दक्ष हुदैनन तर दक्ष छु भनि ठान्छन्, कति काम लिन्छन र समयमा गर्दिदैनन, कति आधा काम गरेरै भाग्छन् । त्यसैले हामीले एउटा नयाँ सोच सहित कम्पनि बनायौँ, जसले ग्राहकको भरोसा विश्वासका लागि काम गर्छ ।’
क्विक फिक्स सम्भवत नेपालकै पहिलो प्राविधिक सेवा दिने कम्पनि हो । नयाँ प्रणालीको सेवालाई क्वीक फिक्सले मोबाइल एपमार्फत पनि सेवा दिने तयारी गरिरहेको सीइओ यादवले बताए ।
आगामी दिनमा ब्युटिसियन देखि इन्जिनियरसम्मको सेवा दिने योजना रहेको र यसलाई त्यहि अनुरूप अघि बढाउने योजना रहेको उनले बताए । साथै क्विक फिक्सले देशको सम्पूर्ण शहरमा समेत सेवा दिने गरि तयारी गरिरहेको छ ।




प्रतिक्रिया