बालगोपालेश्वरमा भाइटीका लगाउनेको भिड, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

बालगोपालेश्वरमा भाइटीका लगाउनेको भिड, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज भाइटिका लगाइएको छ ।

तिहारको भाइटिकामा मात्रै खुल्ने यो मन्दिरमा आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । आज यस मन्दिरमा भाईटीका लगाउनेको भीड देखिन्छ ।

विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो ।

काठमाण्डुको सडक जाम

भाइटीका लगाउन जाने मानिसहरू निस्किएसँगै काठमाण्डुको यातायात अस्तव्यस्त भएको छ । यमपञ्चक पाँचौ अर्थात अन्तिम दिन आज शनिबार भाइटीका लगाएर तिहार मनाइँदैछ ।

भाइटीका लगाउनका लागि उपत्यकामा भएका तथा उपत्यका भित्र–बाहिर गर्ने मानिसहरू सडकमा निस्किएसँगै मुख्य नाका, चक्रपथ र प्रमुख चोकहरूमा सवारी चाप अत्यधिक बढेको हो ।

कोटेश्वर, बालकुमारी, बानेश्वर, सातदोबाटो, बानेश्वर चावाहिलसँगै भक्तपुरमा समेत सवारी चाप ह्वात्तै बढेपछि ट्राफिक व्यवस्थापन अनियन्त्रित भएको छ ।