जुवाखालको खालबाट युवा नेता र पत्रकारसहित १२ जना पक्राउ, १२ लाख ४३ हजार नगद बरामद

जुवाखालको खालबाट युवा नेता र पत्रकारसहित १२ जना पक्राउ, १२ लाख ४३ हजार नगद बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८, सुडाल, पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमान्डमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीको घरमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा नगद १२ लाख ४३ हजार ७८० रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खेल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुयाँल, ३० वर्षीय जनक खत्री, ४३ वर्षीय जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्बद्ध केही युवा नेता र पत्रकार समेत छन् । यसअघि पनि चाँगुनारायणबाट केही युवा नेतासहितलाई प्रहरीले पक्राउ गरी नौ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन ।

मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए । रासस