सल्यान बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

जिल्लाको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए । बसमा २६ जना सवार रहेको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।