काठमाण्डु – सरकारले पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीसँग लिखित स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ । शनिबार बिहान लण्डनबाट नेपाल आएका रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेले दुवै पक्षलाई बोलाएर जानकारी लिएका थिए ।
सो क्रममा मन्त्री ओले बोर्डका सिईओ रेग्मीलाई लिखित स्पष्टिकरण दिन निर्देशन दिएका हुन् । बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालालाई मन्त्री आलेले लिखित स्पष्टिकरण माग गर्न निर्देशन दिएका हुन् ।
यता पर्यटन बोर्डले एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई अतिरञ्जित गरिएको भन्दै आपत्ति जनाएको छ । विमानस्थलमा खटिएका कर्मचारीको ढिलासुस्तीको विषय उठान गर्दा बोर्ड र रेग्मीको मर्यादामा आँच आउने कार्य हुनु दुःखद् रहेको बताइएको छ ।





प्रतिक्रिया