संयुक्त राष्ट्रसंघका सहायक महासचिव काठमाण्डुमा

संयुक्त राष्ट्रसंघका सहायक महासचिव काठमाण्डुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  संयुक्त राष्ट्र संघका सहायक महासचिव क्रिस्टियन साउन्ड्रस नेपाल भ्रमणको क्रममा काठमाण्डु पुगेका छन् । राष्ट्रसंघद्धारा हरेक ४\४ बर्षमा रिमवुसममेण्ट रेटको समिक्षा गर्नका लागि गर्ने गरिएको चौवार्षिक सर्वेक्षणका सम्बन्धमा छलफल तथा निरीक्षण कार्यको लागि काठमाण्डु पुगेका हुन ।

क्रिस्टियन नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सिताराम खड्काले स्वागत गरेका थिए ।

दुई दिने निरीक्षण भ्रमणको सिलसिलामा नेपाल आएका साउन्ड्रसले आजै प्रधानसेनापति प्रभुराम शर्मासंग शिष्टाचार भेटघाट गरेका छन् । उनले भोली नै पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुका साथै रक्षामन्त्री मिनेन्द्र रिजाल र परराष्ट्रमन्त्री नारायण खड्कासंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।