खोटाङ – खोटाङबाट नेकपा (एमाले)को १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट भएका छन् । शनिबार महाधिवेशन प्रतिनिधि छनौट कार्यदलको बैठकले महाधिवेशनमा सहभागी हुने १४ प्रतिनिधिको नाम सर्वसहमतीमा टुंगो लगाएको हो ।
आगामी १० मंसिरदेखि १२ मंसिरसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि हरिकुमार पोखरेल, पाँचकर्ण (पिके) राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र राई, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दिपनारायण रिजाल, चर्चबहादुर विश्वकर्मा, चक्रबहादुर (दिलचक्र) राई, वीणादेवी राई, गोमा मगर र पुष्पकला भुजेल प्रतिनिधि चयन भएका छन् ।
यस्तै, केन्द्रीय कमिटीबाट मनोनीत हुनेगरी सुरेन्द्रकुमार राई र दिलकुमारी राईको नाम सिफारिस गरिएको महाधिवेशन प्रतिनिधि छनौट कार्यदलका संयोजक एवं एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सिफारिस गरिएकामध्ये केन्द्रीय कमिटीबाट कम्तीमा एक जना प्रतिनिधि छनौट हुने एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।
केन्द्रीय कमिटीमा रहेका कारण प्रतिनिधिसभा सदस्य भट्टराई, खगेन्द्र राई र केन्द्रीय अनुशासन आयोगका सदस्य कर्णबहादुर घले स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् । यस्तै, नेपाल खेलकुद महासंघकातर्फबाट महासंघकै अध्यक्ष रमेशकुमार पौडेल महाधिवेशन प्रतिनिधि चयन भएको एमालेले जनाएको छ ।
बिहीबार बसेको जिल्ला कमिटीको बैठकले सचिवालय कमिटीलाई प्रतिनिधि छनौटको जिम्मा दिएको थियो । यस्तै, शुक्रबार बसेको सचिवालयको बैठकले महाधिवेशन प्रतिनिधि छनौट कार्यदल बनाएर सोही कार्यदललाई प्रतिनिधि छनौट गर्ने जिम्मेवारी दिएको थियो ।




प्रतिक्रिया