दोहोरो रन नजोड्दै ४ विकेट गुमाएको सुदूरपश्चिम दबाबमा, काठमाण्डुको कसिलो बलिङ

दोहोरो रन नजोड्दै ४ विकेट गुमाएको सुदूरपश्चिम दबाबमा, काठमाण्डुको कसिलो बलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले कमजोर सुरुआत गरेको छ ।

काठमाण्डुले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २.३ ओभरमै चार विकेट गुमाएको थियो । त्यसबेला टोलीको स्कोर जम्मा ८ रन थियो ।

सुदूरपश्चिमका स्कट कुगेलेइन ६, विनोद भण्डारी १, ब्रान्डन म्याकमुलन र ईशान पाण्डे शून्य रनमा आउट भए । काठमाण्डुका जाहन्दाद खान र सन्तोष यादवले समान दुई-दुई विकेट लिए।

चार विकेट गुमाएपछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाल्ने प्रयास गरिरहेका छन् ।

८.२ ओभरको खेल सकिँदा सुदूरपश्चिमले चार विकेटको क्षतिमा ४७ रन बनाएको छ । दीपेन्द्र १९ र आरिफ १५ रनमा अविजित छन् ।

खेलमा सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले डेब्यु गरेका छन् । सुदूरपश्चिमले अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र एलेनलाई खेलाएको छ ।

डेभिड वार्नर गएपछि काठमाण्डु गोर्खाजले पहिलो पटक खेलिरहेको छ । वार्नरले एनपीएलमा चार खेल खेल्दा काठमाण्डुले चारवटै खेल जितेको थियो ।

काठमाण्डुबाट दुशान हेमान्थाले पनि पहिलो पटक खेलिरहेका छन् । उनलाई वार्नरको स्थानमा टोलीमा राखिएको छ । त्यस्तै, विलियम बोसिस्टोको स्थानमा साम हिजलेट खेलिरहेका छन् ।

आजको खेल जिते काठमाण्डु शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुग्नेछ । सुदूरपश्चिमले जित निकाले क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्नेछ ।