बारको धर्नामा आज पनि प्रहरीको हस्तक्षेप, पाँच जना पक्राउ

बारको धर्नामा आज पनि प्रहरीको हस्तक्षेप, पाँच जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीशहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल बार एसोसियसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका वकिलहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक र स्पिकर खोसेपछि सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । त्यस्तै प्रधानन्यायाधीश राणाको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ । जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो ।

नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।