काठमाण्डु – विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी पार्टी चलाएको र आफूहरूले पार्टी परित्याग गर्नुपरेको भन्दै १२ जना नेताले आइतबार संयुक्त वक्तव्यमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनीहरुले आजैका दिनदेखि पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यसमेत नरहने गरि पार्टी त्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा नेताहरू दीपक पौडेल, प्रकाश आचार्य, अशोक खड्का लगायत छन् । उनीहरूले वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैय्यामा पु¥याएको आरोप पनि लगाएका छन् ।
दुई फरक पार्टीलाई एक ठाउँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्न लाग्नुको साटो अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ ।
यी हुन पार्टी परित्याग गर्ने नेताहरु:
१.दीपक पौडेल
२.प्रकाश आचार्य
३. अशोक खड्का
४.सुदिप ओझा
५.पदम न्यौपाने
६.सागर घिमिरे
७.मनिषा मगर
८. सलमान अलि
९.महेन्द्र आचार्य
१०.भिमनारायण कोईरला
११.विश्वराज अछामे
१२.बिप्लटा ढुङ्गना




प्रतिक्रिया