काठमाण्डु – नेकपा एकीकृत समाजावादीले बिभिन्न पार्टी परित्याग गरी आएका नेताहरुलाई जिम्मेवारी दिएको छ ।
एकीकृत समाजवादीको आज काठमाण्डुमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले अन्य पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भएका नेतालाई पार्टीमा स्वागत गर्दै विभिन्न जिम्मेवारी दिएको हो ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय गरेको जानकारी दिएका छन् । त्यस्तै माले समूहबाट आएका कुलप्रसाद फुयाल, शंकर पोख्रेल र निलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।
यसैगरी, एमालेबाट आएका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने, डा.तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ । माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं. प्रदेश कमिटीमा मनोनित गर्ने निर्णय बैठकले गरेको प्रवकता खतिवडाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
त्यस्तै बैठकले न्यायालयको जारी विवादमा एकीकृत समाजवादी एक्लै नबोल्ने निर्णय गरेको छ । यसबारे गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । ‘गठबन्धनमा छौं, सरकार र गठबन्नको एउटै धारणा आउन आश्यक छ,’ खतिवडाले भने, ‘एक्लै नबोल्ने, सबैसँगै बोल्ने हाम्रो नीति छ ।’
केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु:




प्रतिक्रिया