ओखलढुंगामा चम्पादेवी दर्शन गर्न हिडेको जीप दुर्घट्ना, चार जनाको मृत्यु

ओखलढुंगामा चम्पादेवी दर्शन गर्न हिडेको जीप दुर्घट्ना, चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा – जिल्लाको सुनकोशी गाउँपालिका–९ स्थित जौबारीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एकादशीको अवसरमा चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मत्यु भएको हो । बाेलेराेमा सवार १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका–८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।  जीप जौबारी नजिकैको सडकबाट करीब ६ सय मिटर तल खस्दा ३५ वर्षकी मिठुमाया मगर, १६ वर्षकी तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य एक जनाको भने परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरूलाई हेलिकप्टरमार्फत काठमाण्डु पठाइएको वडा अध्यक्ष कार्कीले जानकारी दिए । बोलेरोमा सुनकोशी गाउँपालिका–८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक रहेको बताईएको छ । ओभरलोड भएका कारण दुर्घटना घटेको हुनसक्ने प्रहरीको अनुमान छ ।