काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डलको चीन भ्रमणको सम्पूर्ण खर्च चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले बेहोर्ने सांसद रिमा विश्वकर्माले बताएकी छन्।
रास्वपा सांसद विश्वकर्माले सीपीसीको औपचारिक निमन्त्रणामा आइतबारदेखि सुरू भएको करिब दुई साता लामो भ्रमणको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले गरेको जानकारी दिएकी छन्।
रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार चीन प्रस्थान गरिसकेको छ। टोलीमा सह-महामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू सहभागी छन्।
विश्वकर्माले भ्रमणका क्रममा नेपाल–चीनबीचको ऐतिहासिक मित्रतालाई समसामयिक आवश्यकताअनुरूप सुदृढ बनाउने र नीतिगत अनुभव आदानप्रदान गर्ने विषयलाई प्राथमिकता दिइने बताइन्।
भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए।


प्रतिक्रिया