आज पनि चोरबाटो हुँदै सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

आज पनि चोरबाटो हुँदै सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज पनि वैकल्पिक बाटो हुँदै सर्वाेच्च अदालत छिरेका छन् ।

मूलगेटमा उनको राजीनामा माग्दै कानुन व्यवसायीहरू धर्नामा बसेपछि प्रधानन्यायाधीश राणा वैकल्पिक बाटो हुँदै सर्वाेच्च छिरेका हुन् ।यसअघि हिजो पनि राणा महान्याधिवक्ताको कार्यालयतर्फबाट अदालत प्रवेश गरेका थिए ।

मन्त्रिपरिषदमा भागबण्डालगायत विविध राजनीतिक प्रकरणमा राणाको नाम मुछिएपछि उनको राजीनाको माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । त्यसैगरी सर्वाेच्चकै न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् ।