काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको विवाद समाधानका लागि वार्तामा आउन बारलाई आग्रह गरेका हुन् ।
‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिकआह्वान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बार एशोसियसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतका बार ईकाइहरू न्यायपालिकाको अभिन्न अङ्ग हुन् । वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एशोसियसनलाई संवादका लागि हार्दिकआह्वान समेत गर्दछु ।’






प्रतिक्रिया