वायुसेवा निगमका महाप्रबन्धक मन्त्रालयमा तानिए

वायुसेवा निगमका महाप्रबन्धक मन्त्रालयमा तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई पर्यटन मन्त्रालयमा तानेको छ ।

निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि भूमिकाविहिन भएका पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तानिएको हो ।

महाप्रबन्धक पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाज गर्ने गरी तानिएको स्रोतले बतायो । उनलाई मन्त्रालयमा हाजिर हुने गरी आइतबारै पत्र पठाइएको छ ।