एमाले महाधिवेशन : लुम्बिनीबाट छानिए २ सय ७ प्रतिनिधि, खुलामा महिलाको सहभागिता शून्य

एमाले महाधिवेशन : लुम्बिनीबाट छानिए २ सय ७ प्रतिनिधि, खुलामा महिलाको सहभागिता शून्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १ सय ४५ जना र महिलाबाट ६२ जना छानिएका छन् ।

१ सय ४५ जना खुला प्रतिस्पर्धाबाट आएका हुन् । तर खुलामा महिलाको उम्मेदवारी भने नपरेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिए । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ ।

खुल्लातर्फ अन्य पुरुष ९२ जना, जनजाती पुरुष २४ जना, दलित पुरुष २० जना, मधेसी पुरुष ६ जना र मुस्लिम पुरुष तीन निर्वाचित भएका छन् । ‘कुनै पनि महिलाको खुलातर्फ मनोनयन नै परेन, चुनिएका सबै महिला आरक्षण कोटाबाट मात्रै प्रतिनिधि भएका छन्,’ उनले भने ।

महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला नौ जना, जनजाती महिला १० जना र मधेसी महिला एकजना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै महिला आरक्षित कोटाबाट चुनिएको एमाले प्रदेश अध्यक्ष गिरीले बताए ।

कतिपय जिल्लामा निर्वाचन हुँदा महिला कोटामा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य पराजित भएका छन् । रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, देवदह नगरपालकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालसमेत आरक्षण कोटाबाट प्रतिनिधि छानिएका छन् ।

पार्टी नेताहरुको आग्रह अनुसार खुलामा लड्ने चाहना हुँदाहुँदै पनि आरक्षण कोटाबाट प्रतिनिधि बन्न बाध्य भएको एमाले प्रदेश कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । नवलपरासी र रुपन्देहीबाट अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।