सर्वोच्चबाट प्रधानन्यायाधीशका समर्थक ८ जना पक्राउ

सर्वोच्चबाट प्रधानन्यायाधीशका समर्थक ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालत परिसरबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका अभियन्ता तारा बराल, सावित्री अधिकारी तथा मजदूर संगठनका अध्यक्ष मनोज सापकोटालगायत आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई तत्काल नियन्त्रणमा लिएर पुलिस क्लब, भृकुटीमण्डपमा लगेको छ । प्रधाननयायाधी राणालाई अदालत प्रवेशमा रोक लगाउने भन्दै कानुनी व्यवसायीहरु सर्वोच्चको गेटमा धर्नामा बसेका छन् । उनीहरुको धर्ना गैरसंवैधानिक भन्दै नारा लगाउँदै आएको राणा पक्षका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल बार एसोसियसनको अगुवाईमा आन्दोलनरत कानुन व्यवसायीहरु पाखुरामा कालोपट्टी बाँधेर धर्नामा बसेका छन् । उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामालाई अनिवार्य शर्त मान्दै आएका छन् ।

सर्वोच्चको मुल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले बिचौलियाहरुलाई कारबाही गर, न्यायाधीशहरुले मानपदवी र पदक अस्वीकार गर, कानुन व्यवसायी एकता जिन्दावाद, नेपाल बार एसोसिएसन जिन्दावाद र न्यायपालिकामा राजनीतिक हस्तक्षेप बन्द गरलगायत नारा लगाएका छन् ।