कोरियन भाषा परीक्षा पुस १ देखि सञ्चालन हुने

कोरियन भाषा परीक्षा पुस १ देखि सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरियन भाषा परीक्षा आगामी पुस १ गते देखि सञ्चालन हुने भएको छ । सन् २०२१ को कोरियन भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुन लागेको हो ।

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षा पुस १ देखि हुने जनाएको छ । परीक्षाको एक महिनामै नतिजा प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ ।

उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरुलाई लैजानेछ । भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नु पर्नेछ । अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्ने जनाइएको छ ।