श्वेतपत्र जारी गर्ने बारको तयारी

श्वेतपत्र जारी गर्ने बारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसिएसनले श्वेतपत्र जारी गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका बारले आजै श्वेतपत्र जारी गर्ने तयारी गरेको हो ।

बारका उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउँदै आजै श्वेतपत्र जारी गर्ने बताइन् ।

जबराले बारलाई वार्ताका लागि आह्वान गरेका थिए । उनले परिवारभित्रको विवाद हल गर्नुपर्ने बताउँदै वाताृका लागि आह्वान गरेका हुन् । तर, बारले जबराको आग्रहलाई अस्वीकार गरेको छ।