काठमाण्डु – यातायात व्यवस्था विभागले १० देखि साँझ ५ बजेसम्म सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरेको छ ।
सोमबार विभागले सूचना जारी गरी दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा असर परेको भन्दै उक्त अवधिमा अनलाइन आवेदन बन्द रहने जानकारी दिएको हो ।
‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।





प्रतिक्रिया