काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५५४ र एन्टिजेन विधिबाट ४ हजार ८४८ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १७ हजार ३३३ र एन्टिजेनबाट ९५ हजार १३६ जना पुगेको छ । यस्तै, आज थप २७० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया