सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीबीचको छलफल निष्कर्षविहीन

सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीबीचको छलफल निष्कर्षविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

अदालतका ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्नेगरी छुट्टिएको नेपाल बारका उपाध्यक्ष रक्षा बस्याले बताइन् । उनकाअनुसार न्यायलय शुद्धीकरणका विषयमा छलफल भए पनि आज कुनै टुंगो लागेन ।

छलफलका नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लिलामणी पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार चार सातादेखि आन्दोलनमा छ भने न्यायाधीशहरुले पनि मुद्दा हेरेका छैनन् ।

इजलासमा जाने कि नजाने भन्दै न्यायाधीशहरु अन्योलमा रहेको अवस्थामा बारले राणाले तोकेको इजलासमा नजान हिजो पत्र लेखेको थियो। तर, प्रधानन्यायाधीश जबराले सोमबार औपचारिकरूपमा विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आह्वान गरेका थिए । बारले भने जबराको प्रस्ताव अस्वीकार गरिसकेको छ।